arrow

जाजरकोटमा माओवादी उम्मेदवार शक्ति बस्नेतविरुद्ध एमालेका बागी उम्मेदवार

logo
प्रकाशित २०७४ कार्तिक ६ सोमबार
jajarkot.png

जाजरकोट । जाजरकोटमा कम्युनिष्ट गठबन्धनका साझा उम्मेदवार माओवादी नेता शक्ति बस्नेतविरुद्ध एमालेका गोविन्दविक्रम शाहले बागी उम्मेदवारी दर्ता गराएका छन् ।

एमालेको जित्ने निश्चित भएको ठाउँमा माओवादीलाई छाडेको भन्दै एमाले नेता शाहले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

माओवादी नेता एवं पूर्वगृहमन्त्रीसमेत रहेका बस्नेत जाजरकोटमा एमाले माओवादीका साझा उम्मेदवार हुन् ।

तर, राप्रपाको महामन्त्री छाडेर एमालेमा प्रवेश गरेका शाहले यसपटक टिकट पाउने अपेक्षा गरेका थिए । एमालेले माओवादीलाई सघाएपछि शाहले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।

शाह जिल्लामा सामान्य जनाधार भएकै पूर्वपञ्च मानिन्छन् । उनले ०५६ सालमा राप्रपाबाट सांसद जितेका थिए ।

जाजरकोटमा प्रतिनिधिसभा शक्ति बस्नेतलाई छाडेर प्रदेशसभाको दुवै सिट पाएको एमालेले उम्मेदवारी दर्ता गरिसकेपछि प्रदेश (क) माओवादीलाई छाड्ने सहमति भएको छ । यसबाट एमालेभित्र भाँडभैलो मच्चिएको छ ।

एमालेका युवा नेता निरज आचार्यलाई उम्मेवारी फिर्ता लिन निर्देशन गएपछि कार्यकर्ताले विद्रोहको चेतावनी दिएका छन् । प्रदेश (क) मा एमाले र माओवादी दुबै दलका छुट्टै उम्मेदवारी परेको छ । 

साझा उम्मेदवार गणेश सिंहविरुद्ध एमालेका तर्फबाट आचार्यले बागी उम्मदेवारी दिएका हुन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ