दोलखामा काँग्रेसका रुद्रले गरे प्रतिनिधिसभामा उमेद्वारी दर्ता
प्रदेश तर्फ लामा र चौलागाईले दिए उम्मेद्धारी
बिकास खड्का ।
प्रकाशित २०७४ कार्तिक ५ आइतबार
763
Shares
दोलखा । आगामी मंसिर १० गते हुने प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनका लागी नेपाली कांग्रेस दोलखाले दुबै तहका उम्मेद्धारहरुको मनोनयन दर्ता गरेको छ ।
आइतबार एक र्यालीका साथ जिल्ला अदालत दोलखास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेको काँग्रेसको टोलीले मनोनयन दर्ता गराएको हो ।
मनोनयन दर्ता गर्ने उम्मेद्धारहरुमा प्रतिनिधि सभाका लागि कांग्रेसका जिल्ला सभापति रुद्र बहादुर खड्का रहेका छन्। प्रदेस सभाका लागि दोलखा क बाट बर्मा लामा र दोलखा ख बाट केशबराज चौलागाई रहेका छन् ।
नेपाली काँग्रेस दोलखाका सचिब सन्तोष रिमालका अनुसार मनोनयन दर्ता भएसँगै कांग्रेस अब ससक्त ढंगले गाउँ केन्द्रित भएर चुनावमा होमिने छ ।