बाजुरा कांग्रेसबाट प्रतिनीधि सभाका लागि पण्डित, प्रदेश सभामा गिरी र शाहीको उम्मेदवारी दर्ता
प्रकाशित २०७४ कार्तिक ५ आइतबार
239
Shares
बाजुरा। आगामी मंशिर १० गते हुने संघ र प्रदेश शभाका लागि नेपाली कांगे्रस बाजुराले आज मुख्य निर्वाचन अधिकृतको कार्यालयमा तिनजनाको नाममा मनोनयन दर्ता भएको छ। दिउसो १२वजे पञ्चै बाजा नारा जुलुस सहित नगरपरिक्रमा गरी मुख्य निर्वाचन अधिकृतको कार्यालय जिल्ला समन्वय समितिको समीक्षालय हलमा मनोनयन दर्ता गराएको हो।
प्रतिनीधि सभा सदस्यको उम्मेदवारका लागि कविराज पण्डित छन्। उनको प्रस्तावक नेपाली कांग्रेस केन्द्रीय सदस्य बद्रीप्रसाद पाण्डे थिए भने सर्मथकमा रन्सिहिं अयडी थिए। त्यसैगरी प्रदेश क्षेत्र नं एक अर्थात क बाट जनकाराज गिरी र क्षेत्र नं २ ख बाट पदमबहादुर शाही को उम्मेदवारी परेको छ। उम्मेदवारी दर्ता लगातै प्रतिनीधिसभा सदस्यका उम्मेदवार कविराज पण्डितले चुनावी घोषणा सभालार्ई सम्बोधन गर्दै आफ्नो उम्मेदवारी समृद्ध बाजुरा र लोकतन्त्रको रक्षाका निम्ती रहेको बताए।
नेपाली कांग्रेस पार्टी सभापति समेत रहेका उम्मेद्वार पण्डितले मुलुकको हरेक परिवर्तन नेपाली काँग्रेसकै नेतृत्वमा भएकोले अवको संविधान कार्यान्वयन र आर्थिक समृद्धीपनि कांग्रसकै नेत्ृत्वमा हुने बताए। बाम गठवन्दनले कोही नआत्तिएको प्रष्ट्उनुहुंदै आफुलाई नेपालको एक नम्वर पार्टी बनाउछु भन्ने नेकपा एमालले आज किन ६०-४० भागवन्डा गर्दै छ। मतदाताले सहजै बुझिसकेका छन् पण्डितले भन्नु भएको छ।
हामी लोकतन्त्रबादी हौं हामी जनताको जनमतको कदर गर्दै चुनावी मैदानमा जाने बताए। त्यसैगरी सभालाई सम्बोधन गनुहुंर्द प्रदेश नं एकका उम्मेदवार तथा पूर्व भुमिसुधार सहायक मन्त्री जनकराज गिरीले बन्दुखको नालबाट शक्ती प्राप्त गछौं भन्ने आज अन्ततत्व गत्वा जनताको जनमत आउनुपरेको प्रशंग राख्नुहुदै जनभावनाको कदर गर्दे जनताको शाशसनमा विश्वास गर्ने नेपाली कांग्रसले हिजोपनि परिवर्तनकारी भुमिकामा नेतृत्व दियो अव संविधान कायान्वयन र समृद्धीमा पनि नेतृत्व लिने दावी गरे।
युवा स्वरोजगार पर्यटन प्रवद्धन र विकासका एजेण्डा लिएर सबै नेता कार्यकर्ता एकजुट भएर जनतासमक्ष जाने बताए। त्यस्तै नेपाली कांग्रेसको तर्फबाट प्रदेश क्षेत्र नं दुईका उम्मेदवार तथा महासमिति सदस्य पदम बहादुर शाहीले ढुंगामुडाको राजनीति हैन जनताको मन जितेरै चुनाव जित्ने बताउदै जसरी बाजुरामा स्थानीय तहको नेतृत्व कांग्रेसले गरेको छ त्यसैगरी प्रदेश र संघमा पनि कांग्रसलार्य विजयी गराउन मतदाालार्य अपिल गर्नु भएको छ।