arrow

लमजुङमा काँग्रेससँग भिड्ने वाम गठवन्धनका को को?

logo
प्रकाशित २०७४ कार्तिक ४ शनिबार
congress-uml-maobadi.jpg

लमजुङ। प्रतिनिधि सभा र प्रदेश सभाको चुनावको लागि दुई ठूला राजनितितक शक्ति नेपाली काँग्रेस र वाम गठवन्धनले लमजुङमा उमेद्वारीको टुङगो लगाएका छन्।

लमजुङमा एमालेले माओवादीलाई प्रतिनिधि सभामा उमेदवारीको लागि हसयोग गरेर चुनावी मैदानमा सहकार्य गरेका छन्। 

पछिल्ला दुई पटक समानुपातिकबाट सांसद बन्दै बस्दै आएका लमजुङबाटै प्रतिनिधत्व गर्ने नेता दिल बहादुर घर्तीलाई नेपाली काँग्रेसले प्रतिनिधि सभाको उमेद्वार बनाएको छ। घर्तीसँग भिड्न वाम गठवन्धनले माओवादीका देव गुरुङलाई मैदानमा पठाएको छ। घर्ती काँग्रेसका पुराना नेता हुन भने गुरुङ माओवादीका प्रभावशाली नेतामा पर्छन्। 

प्रतिनिधि सभाको एक क्षेत्र रहेको लमजुङको प्रदेश सभा (क) मा काँग्रेसबाट गर्जबहादुर गुरुङ मैदानमा उत्रिएका छन् भने बामगठबन्धनबाट धनञ्जय दवाडी उत्रिएका छन्। 

प्रदेश सभा (ख) मा भने काँग्रेसबाट स्थानिय लोकप्रिय नेता कृष्णप्रसाद कोइराला मैदानमा उत्रिएका छन्। कोइरालासँग बामगठबन्धनका तर्फबाट पृथ्बीसुब्बा गुरुङ प्रतिष्पर्धा गर्न आएका छन्। 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ