एमाले र माओवादी केन्द्रको गठबन्धनसँग काँग्रेस डराउँदैन : नेत्री कोइराला
प्रकाशित २०७४ कार्तिक ४ शनिबार
404
Shares
काठमाडौं । नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले तोकिएकै समयमा निर्वाचन हुनुपर्ने बताएकी छन् ।
रिपोर्टर्स क्लब नेपालले शुक्रबार मण्डिखाटारमा खेलेको देउसीभैलो कार्यक्रममा नेत्री कोइरालाले निर्वाचन भएसँगै मुलुकले जित्ने बताउँदै उनले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच भएको गठबन्धनसँग नेपाली काँग्रेस डराउँदैन भनिन् । चुनाव भएपछि मुलुकमा दिगो विकास र आर्थिक समृद्धि हासिल हुने उनको भनाइ थियो ।