arrow

ओनेसरी घर्ती सहितलाई पठायो माओवादीले समानुपातिकमा

logo
प्रकाशित २०७४ असोज ३० सोमबार
Speaker-Onsari-Gharti--at.jpeg

काठमाडौं ।  तेस्रो ठूलो दल माओवादी केन्द्रले सभामुख ओनेसरी घर्ती सहितका नेताहरुलाई समनुपातिकको बन्द सूचीमा पठाएको छ। माओवादी केन्द्रले संघीय संसद् (प्रतिनिधिसभा) का लागि घर्तीलगायत पार्टीका दोस्रो पुस्ताका नेतालाई मात्रै पठाएको छ। 

माओवादीले पूर्वमन्त्री हितराज पाण्डे, रेखा शर्मा, मणि थापा, नारायण दाहाल, तिलक परियार, जयपुरी घर्ती, श्रवण यादव, पूर्णकुमारी सुवेदी, देवी खड्का, विमला सुवेदी, पासाङ शेर्पा, सुरेश आलेमगर, नारायण शर्मा, धर्मशिला चापागाईं, बलावती शर्मालगायतको नाम समानुपातिक सूचीमा राखेको छ ।

शीर्ष नेताहरु अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, महासचिव रामबहादुर थापा बादललगायत प्रत्यक्षमै निर्वाचन लड्ने छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ