काँग्रेसका को को केन्द्रीय नेताको नाम पर्यो समानुपातिक सिफारिसमा?
प्रकाशित २०७४ असोज २९ आइतबार
1.1k
Shares
काठमाडौं। मंसिर १० र २१ गते हुने संघ र प्रदेशको चुनावमा समानुपातिकको बन्द सूची राजनीतिक दलहरुले आइतवार बुझाएका छन्। समानुपातिकको सूची बनाउँदा नेपाली काँग्रेसले समानुपातिकमार्फत यसअघी सांसद भएकालाई नवनाउने भनेपनि अपवाद बाहेकका नाममा पहिले समाुनपातिकबाट सांसद भएकालाई पुनः सिफारिस गरेको छ।
यसअघी प्रत्यक्ष निर्वाचित काँग्रेस नेता कृष्ण प्रसाद सिटौलालाई काँग्रेसले समानुपातिकको सूचीमा पठाएको छ। यद्यपी सिटौलाले यसमा आफ्नो असन्तुष्टी सभापति शेर बहादुर देउवासँग जनाइसकेका छन्। नाम फिर्ता नलिए आफूले नै नाम फिर्ता लिने सिटौलाले जनाएका छन्।
काँग्रेसले यसअघी समानुपातिकबाटै सांसद भएकी सुजाता कोइरालालाई पनि समानुपातिकको वन्द सूचीमा सिफारिस गरेको छ। त्यसैगरि इलामबाट पूर्व महामन्त्री समेत रहेका केबी गुरुङ, रुपन्देहीबाट पूर्व मन्त्री वालकृष्ण खाँड, दार्चुलाबाट पूर्व मन्त्री तथा प्रवक्ता दिलेन्द्र बडुको नाम काँग्रेसले समानुपातिकको सूचीमा पठाएको छ।
समानुपातिकको बन्द सूचीमा अर्घाखाँचीबाट सांसद भएकी सांसद पुष्पा भुसाल, मोरङबाट नेपाली काँग्रेसकी केन्द्रीय सदस्य डीला संग्रौला पनि रहेकी छिन। सर्लाहीबाट महिला संघकी पूर्व अध्यक्ष मिना पाण्डे, सिराहाबाट संसदीय वोर्डकी सदस्य चित्रलेखा यादव, इलामबाट यसअघीकी सांसद सुजाता परियार, उदयपुरबाट लक्ष्मी परियार, काठमाडौंबाट राधा घले पनि समानुपातिकको बन्द सूचीमा परेका छन्।
यसपटक काँग्रेसले अधिकांश नयाँ व्यक्तिलाई समानुपातिकको सूचीमा पठाएको छ। तर केन्द्रिय नेताहरु भने केन्द्रीय समितिले बनाएको अपवादको क्राइटेरियामा परेको संसदीय दलका एक सदस्यले बताए। समानुपातिकको वन्द सूचीमा यसपटक महिलाहरु बढी छन्। संसदमा ३३ प्रतिशत महिला अनिवार्य प्रतिनिधीत्व गराउनु पर्ने भएका कारण पनि महिलाको संख्या बढी पठाउन दलहरु वाध्य छन्।