arrow

समानुपातिकतर्फ ३० दलले बुझाए उम्मेदवारको बन्दसूची

राजनीतिक दल आयोगमा आउने क्रम जारी

logo
प्रकाशित २०७४ असोज २९ आइतबार
samanupatik_nirwachan1.png

काठमाडौं ।  प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरुले निर्वाचन आयोग कान्तिपथमा स्थापना भएको समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको बन्दसूची पेश गर्ने कार्यक्रम जारी रहेको छ ।

बन्दसूची पेश गर्नका लागि आइतबार बिहान १० देखि अपराह्न ५ बजेसम्मको समय निर्धारण गरिएकामा अपराह्न ४ बजेसम्म विभिन्न ३० राजनीतिक दलले बन्दसूची पेश गर्न धरौटीबापतको शुल्क बुझाइसकेका छन् ।

बन्दसूची पेश गर्नका लागि राजनीतिक दल आयोगमा आउने क्रम जारी नै रहेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए  । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ