मनाङ कांग्रेसमा चार दर्जन युवाहरु एमाले-माओवादीबाट प्रवेश
प्रकाशित २०७४ असोज २९ आइतबार
413
Shares
मनाङ। नेपाली कांग्रेस मनाङमा आइतबार मात्रै तीन दर्जन बढि युवाहरु पार्टी प्रवेश गरेका छन्। संघ र प्रदेश निर्बाचनको संघारमा कांग्रेस मनाङले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा यतिका युवाहरु प्रवेश एमाले माओवादी तथा राप्रपा पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गरेका हुन्।
पूर्ब श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङको अध्यक्षतामा भएको सो कार्यक्रममा पार्टी प्रवेश गरेका युवाहरुलाई खादा तथा अविर लगाएर स्वागत गरिएको गुनराज गुरुङले जानकारी दिए। उनका अनुसार मनाङको ताल, धारापानी, ओडार, खोत्रो, दानाक्यू, ताँचै, नाँचै र घेराङका युवाहरु कांग्रेसमा प्रवेश गरेका हुन्।