arrow

मन्त्री साह रौतहट ३ बाट चुनाब लड्ने

logo
प्रकाशित २०७४ असोज २५ बुधबार
prabhu-shah.jpg.jpeg

रौतहट। नेकपा माओवादी केन्द्रका कार्यालय सदस्य तथा सहरी विका मन्त्री प्रभु साह रौतहट क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा निर्बाचनमा सहभागी हुने भएका  छन् । नेकपा माओवादी केन्द्र रौतहटले प्रतिनिधि सभाको क्षेत्र नम्बर ३ को उम्मेदवारको रुपमा प्रभु साहलाई सिफारिस गरेको हो ।

त्यसैगरी रौतहटकै क्षेत्र नम्बर १ बाट सत्यनारायण भगत, २ बाट अशोक जयसवाल र ४ बाट देवेन्द्र पटेलको सिफारिस भएको छ ।रौतहटमा प्रतिनिधि सभाको लागि ४ वटा निर्वाचन क्षेत्र रहेका छन् । बुधबार बसेको माओवादी केन्द्रको जिल्ला कार्यालय बैठकले आफ्ना उम्मेदवारहरु पार्टी केन्द्रीय समितिमा सिफारिस गरेको हो ।त्यसैगरी प्रतिनिधिसभा समानुपातिक तर्फ राजकिशोर यादव, बहिद अन्सारी, हरी पौडेल र बीर बहादुर गोलेलाई सिफारिस गरेको माओवादी केन्द्र रौतहटका नेता युवराज भट्टराई ‘समिर’ले बताए ।

माओवादी केन्द्रले हालै भएको बाम गठबन्धनलाई समेत लक्षित गरी आफ्ना उम्मेदवार उठाएको छ । प्रदेश सभाको लागि प्रत्येक निर्वाचन क्षेत्रमध्य एकमा आफ्ना उम्मेदवार सिफारिस गरेको छ भने अर्कोमा एमालेलाई छुट्याएको छ । यसरी सिफारिसमा माओवादी केन्द्र रौतहटले प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १(क) एमालेलाई छुट्याएर (ख) मा उपेन्द्र साहलाई उम्मेदवार बनाएको छ । त्यसैगरी २ (क) एमालेलाई छुट्याएको छ भने ३ (क) एमालेलाई छुट्याएर (ख) मा कुन्दन कुशवाहालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । त्यसैगरी निर्वाचन क्षेत्र नम्बर ४(क) मा राजुधामीलाई उठाएर (ख) भने एमालेलाई छुट्याउने निर्णय भएको भट्टराइले बताए ।

त्यसैगरी माओवादी केन्द्रले प्रदेश सभाका लागि समानुपातिक तर्फबाट बबिता यादव, रुनु सिंह, शेष अजिजुर राहमान, जगदिश पटेल, रामस्वरुप सिन्हा, शेष हातिम, पुनम यादव, राम प्रसाद यादव, चन्देश्वर यादव, लक्ष्मि चौधरी तथा युवराज भट्टराई ‘समिर’ लाई सिफारिस गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ