काँग्रेस परिवारमा हुर्किएकी अनुपा बनिन काठमाडौं ७मा विवेकशील साझाको उमेद्वार
प्रकाशित २०७४ असोज २३ सोमबार
456
Shares
काठमाडौं। नेपाली काँग्रेस परिवारमा हुर्किएकी सञ्चारकर्मी अनुपा श्रेष्ठ विवेकीशल साझा पार्टीको उमेद्वार भएकी छन्। विवेकशिल साझा पार्टीको काठमाडदं ७बाट अनुपा श्रेष्ठ उमेद्वार भएकी हुन्।
नागार्जुन नगरपालिकामा बस्दै आएकी सञ्चारकर्मी अनुपा श्रेष्ठ यसअघी स्थानिय तहको निर्वाचनमा उमेद्वार बन्ने चर्चा चलेपनि अन्तिम समयमा आएर उमेद्वार बनेकी थिइनन्।
इमेज च्यानलमा कार्यरत श्रेष्ठ नेपाली काँग्रेस काठमाडौंका पुराना नेता विरेन्द्रभक्त श्रेष्ठकी छोरी हुन्। उनलाई नागार्जुन नगरपालिकाको मेयरको उमेद्वार बनाउन काठमाडौं काँग्रेसका केहि नेताहरु लागेको चर्चा त्यस बेला थियो।
काँग्रेसको राजनीतिक पृष्ठभुमी भएपनि उनले काठमाडौं ७ बाट विवेकशील साझा पार्टीको तर्फबाट उमेद्वार भएकी हुन्। उनको उमेद्वारीहरुलाई सञ्चारकर्मीहरले पनि चाखका साथ हेरेका छन्। उनी राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा राम्रो एक्सपोजर पाएकी सञ्चारकर्मी हुन्।