राप्रपा पाँचथरले गर्यो संघ र प्रदेशका उम्मेद्धवारहरुको नाम सिफारिस
संघको प्रत्यक्षमा कुरुम्बाङको नाम सर्वसम्मत
प्रकाशित २०७४ असोज २२ आइतबार
212
Shares
पाँचथर। राप्रपा पाँचथरले संघ र प्रदेशका उम्मेद्धवारहरुको नाम सिफारिस गरेको छ । जस अन्तर्गत संघमा राप्रपाका केन्द्रीय सदस्य तेज कुमार कुरुम्बाङ सर्वसम्मत छनोट भएका छन् । त्यसैगरी संघको समानुपातिकमा पाटीको केन्द्रीय सदस्य सुनिता कुरुम्बाङ, जिल्ला सदस्य छवीरमण सुवेदी, जिल्ला कमिटी सदस्य राम बहादुर थापा, जिल्ला कमिटी उपाध्यक्ष कमला केरुङ रहेका छन् ।
त्यसैगरी, प्रदेश तर्फ प्रत्यक्षमा पाँचथरको क क्षेत्रमा हरि प्रकाश सुवेदी, ख क्षेत्रमा आश बहादुर सम्हाम्फेलाई सर्वसम्मत छनोट गरिएको छ । त्यसैगरी प्रदेश तर्फ क क्षेत्रको समानुपातिकमा जिल्ला सदस्य कृष्ण बहादुर योङया, जिल्ला सहसचिव देवी शिवाकोटी, जिल्ला सदस्य सविता राउत र दिल कुमारी तुम्वापो रहेका छन् ।
यसैगरी पाँचथरको क्षेत्र नम्बर ख को समानुपातिक तर्फ जिल्ला सदस्य बम बहादुर सम्हाम्फे, राप्रपा कुमायक गाउँपालिका अध्यक्ष महेन्द्र लावतीको नाम केन्द्रमा सिफारिस भएको छ । क्षेत्रीय कमिटीबाट आएका नामहरु आज बसेको जिल्ला कमिटीको वैठकले केन्द्रमा सिफारिस गरिएको पाटीका जिल्ला अध्यक्ष जगत थापा मगरले जानकारी दिए ।