arrow

रुकुम काँग्रेसले पठायो उम्मेदवारहरुको नाम, पश्चिमबाट वरिष्ठ अधिवक्ता डा.गौतम पनि परे 

logo
लोकेन्द्र खनाल,
प्रकाशित २०७४ असोज २० शुक्रबार
gautam_rukum.JPG

रुकुम । नेपाली काँग्रेस पश्चिम रुकुमले बरिष्ठ अधिवक्ता डा. नबराज गौतमलाई उम्मेदवार बनाएको छ । कानुनी व्यवसायी डा.गौतमलाई काँग्रेसले प्रतिनिधि सभाको लागि समानुपातिक तर्फको उम्मेदवार बनाएको हो । 

काँग्रेस रुकुमका पूर्व पार्टी उपसभापति समेत भएका गौतमलाई उम्मेदवार बनाएको र उनको नाम केन्द्रीय कार्यालयमा बन्दसूचिका लागि सिफारिश गरेर पठाएको जिल्ला सभापति प्रेमप्रकाश ओलीले जानकारी दिए । मुसिकोट नगरपालिका १ खलंगा बजारमा स्थायी घर भएका डा. गौतम रुकुम जिल्लाको पहिलो पिएचडि उतिर्ण गर्ने व्यक्ति समेत हुन । उनीले केहि समय अघि मात्र सर्वाेच अदालतबाट बरिष्ठ अधिवक्ताको उपाधि प्राप्त गरेका थिए ।

नागरीक समाजको तर्फबाट हरेक क्षेत्रमा प्रतिनिधित्व गर्दै आएका डा. गौतमलाई पहिलो पटक काँग्रेसले उम्मेदवार बनाएको हो । काँग्रेस पार्टीको पूर्व उपभापति भएपनि कानुनी व्यवसायी भएकाले उनी नागरीक समाजको भूमिकामा रहदै आएका थिए । 

अगामी मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको लागि उम्मेदवारको लागि सिफारीसमा परेकाहरुको विवरण । 

प्रतिनिधि सभाको प्रत्यक्षका लागि 
पूर्व राज्य मन्त्री गोपलजि जङ्ग शाह 
जिल्ला सभापति प्रेमप्रकाश ओली 
महाधिवेशन प्रतिनिधि यामबहादुर केसी 
पूर्व पार्टी उपसभापति विरबहादुर ओलीको 

समानुपातिकमा 
सभापति प्रेमप्रकाश ओली 
पूर्व राज्य मन्त्री गोपलजि जङ्ग शाह  
बरिष्ठ अधिवक्ता डा. नवराज गौतम

प्रदेशको क्षेत्र नम्बर १ का लागि प्रत्यक्ष तर्फ 
कृष्णबहादुर रोकाय 
हर्कसिं खत्री
राजु केसी 
ओम केसी  
लेखमाया केसी

समानुपातिकमा 
मानबहादुर नेपाली 
धिरेन्द्रकुमार बटाला 
मनिषा भण्डारी 
जनकुमार बाँठा 
यज्ञ परियार  
गंगाराम गौतम

प्रदेशको क्षेत्र नम्बर २ बाट प्रत्यक्षमा 
तिलबहादुर भण्डारी 
गोरखप्रसाद चन्द 
थलबहादुर खड्का
नरजङ्ग ओली 

समानुपातिकमा 
कालुराम खड्का (मोहबिर)
खड्गबहादुर डाँगी 
सिता ओली 
भिमबहादुर डाँगी 
मोहन प्रकाश आचार्य 
दिपेन्द्र पुन
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ