बाबुराम भट्टराई एमालेबाट उम्मेदवार बन्ने पक्का, ओलीले गरे पुष्टि
प्रकाशित २०७४ असोज १७ मंगलबार
477
Shares
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई सूर्य चिह्नबाटै चुनाव लड्ने घोषणा गरेका छन्। मंगलबार नेकपा एमाले नेकपा माओवादी केन्द्र तथा नयाँ शक्ति पार्टीबीचको एकीकरणको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै केपी ओलीले बाबुराम भट्टराई सूर्य चिन्हबाट प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनमा सहभागी बन्ने विषयमा आफूहरुबीच आन्तरिक सहमति भएको पुष्टि गरेका हुन् ।
बाबुराम भट्टराईले सूर्य चिह्नबाट निर्वाचनमा सहभागी हुने समाचारहरु आईरहेका बेला संयुक्तपत्रकार सम्मेलनलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । एकता अघि नै सूर्य चिह्नबाट निर्वाचनमा सहभागी हुने भएपछि उनी नेकपा एमालेका तर्फबाट प्रदेश सभा तथा प्रतिनिधि सभामा उम्मेदवार बन्ने निश्चित भएको हो ।
यस विषयमा बाबुराम भट्टराईले भने केही बताएका थिएनन् । तर, भट्टराई भन्दा पछि सम्बोधन गरेका ओलीले भने यस्तो घोषणा गरिदिएका हुन् ।