arrow

यस कारण हार्‍यो सिरहामा कांग्रेस

logo
पंकज कुमार यादव,
प्रकाशित २०७४ असोज ९ सोमबार
nepali-congress-flag.jpg.jpeg

सिराहा ।  सिराहामा  २०४६ को जनआन्दोलन पछि पहिलो संसदीय निर्वाचन देखि नै कांग्रेस को पक्कड रहँदै आएको जिल्ला हो । वर्तमान अवस्था मा पनि प्रत्यक्ष वाट निर्वाचित चार र समानुपातिकवाट चार सभासद् ,सँगै केन्द्र कै केन्द्रीय  कोषाध्यक्ष र केन्द्रीय सदस्य रहेको जिल्ला हो । तर आज स्थानीय तह को चुनाव मा सिराहामा कांग्रेसको नतीजा आएको हेर्दा सम्पूर्ण कांग्रेसी लाई लज्जास्पद तुल्याएको छ ।

केन्द्रीय कोषाध्यक्ष  सिता देवी यादव , जिल्ला सभापति रामचंद्र यादव, केन्द्रीय सदस्य चित्रलेखा यादव, पद्मम नारायण चौधरीहरूको  नगरपालिका, जहाँ उनिहरुले मतदाता भई मतदान गरेको अवस्था मा पनि लहान, धनगंढीमाई, सुखीपुर र सिराहा नगरपालिका जिताउन सफल भएनन् ।

गोलबजार,मिरचैया र कर्जनाह नगरपालिका क्षेत्र नंबर ५ मा कम्युनिष्ट  भएको गढ़सँगै यस क्षेत्र मा पार्टीका केन्द्रीय तहका नेता र स्थानीय तह को नेतामा पनि आपसी मत मतान्तर रहेको ,पार्टी को टिकट वित्तरण गर्ने जिम्मेदार व्यक्ति हरू परिवारवाद, नातावाद, कृपावादसँगै आर्थिक चलखेल मा परी पार्टी को सही, ईमानदार, लोकप्रिय तथा संक्षम व्यक्ति लाई टिकट न दिनु पनि हार हुनुको प्रमुख कारण हुन् ।

जिल्ला मा ८ नगरपालिका र ९ गाँउपालिका रहेको मा जम्मा  १ नगरपालिका र १ गाँउपालिका जित हाँसिल गरेको छ। धन्यवाद छ ,क्षेत्र नंबर ६ का  प्रत्यक्ष निर्वाचित सभासद्  डा गणेश मंडल र त्यस क्षेत्र वाट समानुपातिक वाट मनोनीत सभासद् प्रदीप गिरी ज्यू लगायत कल्याणपुर मतदाता वासी लाई जसले नाम मात्र को लागि भए पनि एउटा नगरपालिका मा मेयर र उपमेयर ल्याउन सफल भएका छन् ।  त्यसैगरी १ नवराजपुर गाँउपालिका का मतदाता ले साथ दिई सफल गराएका छन् ।  यी दुई ठाँउ को सम्पूर्ण मतदाता हरूलाई हृदय देखि धन्यवाद ।

त्यस पछि बाँकी रहेको ७ नगरपालिका र ८ गाँउपालिकाको हारको जिम्मेदार को हुन् त ? आज यो प्रसंगमा पार्टी को गाँउ, नगर, क्षेत्र,जिल्लासँगै केन्द्रमा छलफल र समीक्षा गर्नु जरूरी छ। आज गाँउगाँउमा , बाजार मा यी जिम्मेवार  व्यक्तिहरू को कार्य प्रति प्रश्नन खड़ा भएको छ , नैतिकता को सवाल उठीरहेको छ । यस्ता जिम्मेवार पदाधिकारी र ठेकेदारी प्रवृत्तिद्वारा ठेकेदार भई टिकट वित्तरण गरेका स्थानीय तहका नेतालाई आज पार्टीको उम्मीदवारहरूको हार को कारण वारे केन्द्रीय कार्यालय ले स्पष्टीकरण लिने कि न लिने, चित्त वुझ्दो जवाब न दिएमा, रहेको जिम्मेवार पद् वाट वर्खाष्त गर्ने कि न गर्ने ?? यी यस्ता सवाल हरू केन्द्रीय तह मा छलफल हुनु जरूरी छ ।

पार्टी भित्रको विवादमा सकारात्मक सोचसँगै पार्टी प्रति पूर्ण वफादार नभएको र पार्टी को जिम्मेदार व्यक्तिहरू द्वारा आफ्नो मनोमानी तेवरवाट र जिल्ला, प्रदेशसँगै केन्द्रका केन्द्रीय नेताको चाकरी, चापलूसी गरी केही स्थानीय तहका व्यक्ति जो सदैव पार्टीको आडमा आफ्नो व्यक्तिगत स्वार्थ पूर्ति गर्न मैं अघि रहन्छ, जसको आफ्नो वाडामा समेत पकड़ नभएको व्यक्ति नै स्थानीय तहमा आँफूलाई पार्टीको केन्द्रीय सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचंद्र पौडेल सम्झी, आँफू मात्र पार्टीको ठेकेदार भएको, सोही अनुसार पार्टी र पार्टी का ईमानदार कार्यकर्ता प्रति पूर्ण ईमानदारी र वफादार नभई , परिवारवाद, नातावादको वरिपरी, आर्थिक चलखेल गरी टिकट वित्तरण गर्नु नै प्रदेश नंबर २ को स्थानीय चुनावमा नेपाली कांग्रेस पार्टीलाई सिराहामा लज्जाजनक हार व्योरनु परेको छ। जसको परिणामस्वरूप निकट भविष्य मंसीर मा प्रदेश र प्रतिनिधि सभा को हुन गईरहेको चुनावमा असरको संभावना वढेको छ । जसको पूर्ति गर्न अब यस जिल्लामा केन्द्रीय नेताहरू र पार्टी केन्द्रीय कार्यालयले कस्तो रणनीति अपनाँउनेछन्  ,हेर्न वाँकी छ र हामी सिराहाली पुनः  जिल्ला कांग्रेसमय बनेको हेर्न चाहान्छौ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ