कलैयामा एमाले झिनो मतले अगाडि, परिणाम उल्ट्याउन खोज्दै काँग्रेस
प्रकाशित २०७४ असोज ९ सोमबार
228
Shares
काठमाडौं । बाराको कलैया उपमहानगरपालिकामा नेकपा एमालेका उम्मेदवारले झिनो मतको अग्रता हाँसिल गरेका छन् । सोमबार सम्पन्न स्थानीय तहको तेस्रो चरणको निर्वाचनको एक सातासम्म गनेको निर्वाचनको मतपरिणाम आउनै लाग्दा एमाले झिनो मतले अगाडि देखिएको हो ।
एमालेका उम्मेदवारले त्यहाँ ९५ सय ३४ मत आएको छ । त्यस्तै, एमालेबाट उपमेयरका उम्मेदवार ९४ सय ५३ मत आएको छ । त्यस्तै, काँग्रेसका उम्मेदवारको ९३ सय ८५ मत आउँदा काँग्रेसका उपमेयरका उम्मेदवारको ९१ सय ५४ मत आएको निर्वाचन अधिकारी रितेन्द्र थापाले जानकारी दिए । उनका अनुसार अहिलेसम्म ८५ प्रतिशत भन्दा बढी मत गनिसकिएको छ भने बाँकी पनि सोमबार साँझसम्म परिणाम आईसक्ने सम्भावना रहेको छ ।