बारागढीमा काँग्रेसले बढायो मतान्तर, मंगलबारसम्म परिणाम आउने
प्रकाशित २०७४ असोज ९ सोमबार
414
Shares
काठमाडौैं । बाराको बारागढी गाउँपालिकामा नेपाली काँग्रेसका उम्मेदवारले मतान्तर बढाएको छ । स्थानीय तहको तेस्रो चरणको निर्वाचन अन्तर्गत् गत सोमबार भएको निर्वाचनमा व्यवस्थित पाराले मतगणना गरिएको र्भपनि आन्तरिक विवादका कारण झण्डै दुईदिनसम्म मतगणना रोकिएर अहिले बल्ल दुई वटा वडाको मात्रै मत गनेर सकिएको छ ।
निर्वाचन अधिकारी रमेस घिमिरेले आफूले सबैभन्दा पहिले मत गनेर सक्ने तयारी गरेको भएपनि आन्तरिक विवादका कारण यसमा ढिलाई भएको हो । उनका अनुसार दिउँसो २ बजेसम्म नेपाली काँग्रेसका उम्मेदवारहरु अगाडि रहेका छन् । उनले यही गतिमा मतगणना जारी रह्यो भने मंगलबार बेलुकीसम्म मत परिणाम सार्वजनिक हुने बताए ।
उनका अनुसार नेपाली काँग्रेसका उम्मेदवारको १७ सय ३ मत आउँदा एमालेका उम्मेदवारको १ हजार ७८ मत आएको छ । तेस्रो हुने फोरमको १२ सय ६ मत आएको छ ।
त्यस्तै, उपप्रमुख तर्फ काँग्रेसका उम्मेदवारको १५ सय ७५ मत आउँदा एमालेका उम्मेदवारको १ हजार ८२ मत आएको छ । तेस्रो हुने फोरम नेपालको १ हजार ६५ मत आएको निर्वाचन अधिकारी घिमिरेले जानकारी दिए ।