arrow

वीरगन्जको ताजा अपडेट आयो, एमाले र माओवादी भन्दा काँग्रेसको मत दोब्बर

logo
प्रकाशित २०७४ असोज ७ शनिबार
birjung_mahanagarpalika.png

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको पटिल्लो ताजा अपडेट आएको छ । दिउँसो १२ बजेसम्मको ताजा अनुसार कूल ३२ हजार ९ सय ५५ मतगणना भईसकेको छ । सोमबार भएको स्थानीय तहको तेस्रो चरणको निर्वाचन अन्तर्गत् २ नं प्रदेशको एकमात्र महानगरको रुपमा रहेको बीरगञ्जमा ताजा मत परिणाम अनुसार काँग्रेस अगाडि रहेको छ । 

निर्वाचन अधिकारीको कार्यालयले दिएको जानकारी अनुसार मेयर तर्फ कांग्रेसका उम्मेदवारको ७३ सय १४ मत आउँदा प्रतिस्पर्धी फोरमको ६८ सय २५ मत आएको छ । त्यस्तै, तेस्रो हुने राजपाको ५२ सय १२ मत आएको छ । 

पहिलो हुनेको भन्दा एमाले र माओवादीको मत ठीक आधा रहेको छ । जसमध्ये एमाले ३६ सय ५२ र माओवादीका उम्मेदवारको ३६ सय ४४ मत आएको छ । लोकतान्त्रिक फोरमको भने जम्मा २५ सय ३५ मत आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ