अहिलेसम्म ८९ स्थानीय तहको परिणाम, काँग्रेसलाई ३० तह, बाँकी कसले ?
प्रकाशित २०७४ असोज ७ शनिबार
547
Shares
काठमाडौं । प्रदेश नं २ मा अहिले बिहानसम्म ८९ स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको छ ।
नेपाली काँग्रेसले सर्वाधिक ३० तह जितेर आफूलाई शिर्ष स्थानमा राखेको छ । दोस्रो स्थानको माओवादी केन्द्रको १६, संघीय समाजवादी फोरमको १४, राजपाको १४, एमालेले १०, नेपाल लोकतान्त्रिक दलले ३, नयाँ शक्ति तथा नेपाली नेपाली जनता दलले १ स्थान तह जितेको छ ।
१३६ स्थानीय तहको छिनोफानो हुँदै गर्दा काँग्रेस ११, माओवादी ११, संघीय फोरम ९, राजपा ५, एमाले १०, फोरम लोकन्त्रिक १ तथा नयाँ शक्ति १ तहमा अगाडि छ ।