arrow

धनुषामा कसले कहाँ जिते, कसको कहाँ अग्रता ?

logo
प्रकाशित २०७४ असोज ६ शुक्रबार
dhanusha-final.png

काठमाडौं । स्थानीय तहको तेस्रो चरणको निर्वाचन अन्तर्गत् सोमबार भएको निर्वाचनमा धनुषा जिल्लाका विभिन्न स्थानीय तहममध्ये केहीमा परिणाम आइसकेको छ भने केहीमा मतपरिणाम आउने क्रम जारी छ । अहिलेसम्मको स्थितीमा धनुषाका १८ स्थानीय तहमध्ये १२ वटामा मत परिणाम सार्वजनिक भईसकेको छ भने बाँकी रहेको ६ स्थानीय तहमा पूर्ण नतीजा सार्वजनिक हुन बाँकी नै छ । 

यस्तो अवस्गामा काँग्रेसले धनुषाको ५ स्थानीय तहमा विजय हाँसिल गरिसकेको छ भने एमालेले ३ स्थानीय तहमा विजय हाँसिल गरेको छ । संघीय समाजवादी फोरमले २ र राजमा र माओवादीदे समान १ १ स्थानमा विजय हाँसिल गरेको सम्बन्धित जिल्लाका निर्वाचन अधिकारीले जानकारी दिए । 

तल हेर्नुहोस् विभिन्न दलले धनुषामा जितेका स्थानीय तह र अगाडि रहेका स्थानीय तह  

नेपाली कांग्रेस -
औरही गाउँपालिका:ब्रह्मदेव यादव (२५६९)
जनक नन्दनी गाउँपालिका:अब्दुल बारिक शेख(२७१७)
धनौजी गाउँपालिका:बद्रीनारायण सिंह (२४२०)
क्षिरेश्वर नगरपालिकाः योगन्द्र पन्जियार
धनुषाधाम नगरपालिका: बालेश्वर मण्डल(४४७३)

नेकपा एमाले -
मुखियापट्टी मुसहरनिया गाउँपालिका:मनोज यादव(३५४०)
बटेश्वर गाउँपालिका:डम्बर बहादुर राउत(२३७७)
मिथिला विहारी नगरपालिका:अनिल यादव (३२४२)

संघीय समाजवादी फोरम -
गणेशमान चारनाथ नगरपालिकाः रामबाबु यादव (३१२७)
लक्ष्मीनियाँ गाउँपालिका :विन्देश्वर यादव(३५०४)

राजपा - 
हंसपुर नगरपालिका:रामज्ञान मण्डल (३३२०)

माओवादी केन्द्र - 
शहीदनगर नगरपालिका : उदयकुमार यादव(५०९१)

अग्रतातर्फ
नेपाली कांग्रेस 
– कमला नगरपालिका 
– नगराईन नगरपालिका

एमाले 
– मिथिला नगरपालिका 
–सबैला नगरपालिका 
राजपा 
– जनकपुर उपमहानगरपालिका 
माओवादी केन्द्र 
–विदेह नगरपालिका


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ