औरही नगरपालिकामा काँग्रेसलाई मेयर र राजपालाई उपमेयर
प्रकाशित २०७४ असोज ६ शुक्रबार
406
Shares
महोत्तरी । महोत्तरी जिल्लाको औरही नगरपालिकामा नेपाली काँग्रेस र राजपा विजयी भएका छन् ।
निर्वाचन अधिकृत रामेश्वर कुँवरका अनुसार औरही नगरपालिकाको प्रमुख पदमा काँग्रेसका सुनिलकुमार यादव विजयी भएका छन् ।
त्यस्तै, औरही नगरपालिकाको उपप्रमुख पदमा राजपाकी रेणु झा विजयी भएको निर्वाचन अधिकृत कुँवरले बताए ।
निर्वाचन अधिकृत कुँवरका अनुसार प्रमुख पदमा काँग्रेसका सुनिलकुमार यादवले तीन हजार १५९ मत प्राप्त गरी विजयी भएका हुन् भने उपप्रमुखमा राजपाकी रेणु झाले तीन हजार २५५ मत प्राप्त गरी विजयी भएकी हुन् ।
उनीहरुका निकटतम प्रतिद्वन्द्वीमा प्रमुख पदमा राजपाका शंकर यादवले दुई हजार ७११ र उपप्रमुख पदमा काँग्रेसकी रेणु यादवले दुई हजार ९५९ मत प्राप्त गरेका थिए ।