-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
सिरहा । सिरहाको कल्याणपुर नगरपालिकामा नेपाली काँग्रेस विजयी भएको छ ।
काँग्रेसका मेयरका उम्मेदवार सूर्यनाथ मण्डलले विजय हासिल गर्दा उपमेयरमा पनि काँग्रेसकी रोहिणी कुमारी यादव विजयी भएकी छिन् ।
सूर्यनाथ मण्डलले ४८०४ मत हासिल गर्दा उनका निकटतम प्रतिद्धन्द्धी राजपाका रामबाबु यादवले ४६०६ मत हासिल गरे ।
त्यस्तै उपमेयरमा रोहिणी कुमारी यादवले ४६६४ मत ल्याउँदा निकटतम प्रतिद्धन्द्धी राजपाकी मसुदा खातुनले ४४३८ मत ल्याइन् ।