जीतको खबर पाउने वित्तिकै निर्वाचित वडा सदस्यको ज्यान गयो
प्रकाशित २०७४ असोज ५ बिहिबार
829
Shares
काठमाडौं । निर्वाचित भएको खबर सुन्नेवित्तिकै कसैको ज्यान जान्छ भने त्यो अवस्थामा परिवारका अन्य सदस्यहरुको मनमा कति आहत पर्ला ? तर सप्तरीमा यस्तै भएको छ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं २ बाट निर्वाचित दलित महिला सदस्य पैंतालीस वर्षीया जसोदेवी खत्वेणीको हृदयाघातका कारण मृत्यु भएको छ ।
राष्ट्रिय जनता पार्टी नेपालका तर्फबाट दलित महिला सदस्यमा उनी बुधबार निर्वाचित भएकी थिइन्। जितको खबरसँगै गाउँटोल तथा छरछिमेकमा घुम्दै खुशी साट्दै गर्दा हृदयाघातका कारण उनको मृत्यु भएको वडा सदस्य शिवचरण मण्डलले बताए । उनका एक छोरा र दुई छोरी छन् । रासस