पर्सा । दुई नम्बर प्रदेशको एक मात्र महागर वीरगञ्जमा राष्ट्रिय जनतापार्टी राजपाले अग्रता कायमै राखेको छ । राजपालाई पछ्याइरहेको काँग्रेसले मतअन्तर घटाएको छ । राजपाले ४ सयले अग्रता लिएकामा त्यो अन्तर काँग्रेसले २ सयमा झारेको छ ।
वीरगञ्जमा सुरुवाती मतपरिणाम अपेक्षा भन्दा फरक आएको छ । मतदान हुँदा काँग्रेस र संघीय समाजवादी फोरमबीच तिब्र प्रतिस्पर्धा हुने भनिएकामा सुरुवाती परिणाममा काँग्रेस र राजपाबीच प्रतिस्पर्धा देखिएको छ ।
वीरगञ्जका ६ वटा वडाको मतगणना भइरहँदा अहिलेसम्म ३ वडामा नेपाली काँग्रेस, २ वडामा राजपा र १ वडामा एमालेले अग्रता लिएको छ। १, २ र ३१ मा काँग्रेसले अग्रता लिएको छ भने ३ र ३२ नम्बर वडामा राजपाले अग्रता लिएको छ। ३० नम्बर वडामा एमाले अग्रता मा छ।