arrow

२ नम्बर प्रदेशका १३५ स्थानीय तहमै मतगणना, राजविराजमा ५ गतेको मतदानपछि

logo
प्रकाशित २०७४ असोज ३ मंगलबार

काठमाडौं । निर्वाचन आयोगले दुई नम्बर प्रदेशका १ सय ३६ स्थानीय तह मध्ये १ सय ३५ स्थानीय तहको मतगणना जारी रहेको जनाएको छ । मंगलबार दिउँसो विज्ञप्ति जारी गरेर आयोगले दुई नम्बर प्रदेशको राजविराज नगरपालिकाबाहेक सबै स्थानीय तहको मतगणना जारी रहेको जनाएको हो ।

आयोगको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी)ले १ सय ३६ स्थानीय तहमध्ये १ सय ३५ मा मतगणना भइरहेको उल्लेख गरेको छ ।

राजविराज नगरपालिका –१५ मा राजपाबाट वडाध्यक्षको उम्मेदवार रहेका महन्थी यादवको निधन भएपछि सोमबार मतदान हुन सकेन । अब विहिबार मात्रै १५ नम्बरमा मतदान हुँदैछ । १५ नम्बरको मतदान सकिएपछि मात्रै राजविराज नगरपालिकाको मतगणना हुने आयोगले जनाएको छ ।

आयोगका अनुसार दुई नम्बर प्रदेशको ८ जिल्लाका १ सय ३६ वटा स्थानीय तहमा ७७ प्रतिशत मत खसेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ