arrow

वीरगञ्ज महानगरमा सुरु भएन मतगणना, वडा अध्यक्षका उम्मेदवारले पनि प्रतिनिधि राख्नु पर्छ भने

logo
प्रकाशित २०७४ असोज ३ मंगलबार
birgunj-metro1.png

वीरगन्ज । सर्वाधिक चासोको वीरगन्ज महानगरपालिकाको मतगणना अझै सुरु हुन सकेको छैन । मतगणना स्थलमा दलका प्रतिनिधि राख्ने विषयमा विवाद भएपछि गणना सुरु हुन नसकेको हो । महानगरको वडा अध्यक्षका उम्मेदवारहरुले मत गणनास्थलमा वडाको पनि प्रतिनिधि राख्नु पर्ने माग गरेका छन् ।

व्यवस्थापन पक्षले भने दलका प्रतिनिधिमात्रै राखे पुग्ने अडान राखेका छन् । दुवैपक्षबीच छलफल भइरहेको पत्रकार महासंघ पर्सा शाखा अध्यक्ष श्याम बन्जाराले बताए ।

विरगञ्जमा एक लाख ८ हजार मतदाता रहेकामा ७६ हजार मत खसेको छ । निर्वाचन अधिकृतको कार्यालयले ७–८ वटा स्थानमा एकै पटक मतगणना सुरु गरेर दुई दिनमा सबै परिणाम सार्वजनिक गर्ने तयारी रहेको जनाएको छ । राजनीतिक दलका प्रतिनिधि राख्ने विषयले गणनामा ढिलाई भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ