पहिलो ३०० मत गन्दा जितपुरसिमरा उपमहानगरमा देखियो अचम्मको संयोग !
प्रकाशित २०७४ असोज ३ मंगलबार
138
Shares
काठमाडौं । पहिलो ३०० मत गन्दा जितपुर सिमारा उपमहानगरपालिकामा अचम्मको संयोग देखिएको छ । कूल ३ सय मत गन्दा ३ पार्टीको मात्रै मत आएको उपमहानगरपालिकाका सूचना अधिकारी जनक नेपालले जानकारी दिए ।
उनका अनुसार नेपाली काँग्रेस र नेकपा एमालेले ३ सय मत गन्दा समान एक÷एक सय मत प्राप्त गरेका छन् । यही मत उपप्रमुखमा पनि आएको छ । त्यस्तै, तेस्रो हुने पार्टी माओवादीले ९६ मत प्राप्त गरेकोछ । उसको पनि उपप्रमुखमा सोही संख्यामा मत आएको नेपालले जानकारी दिए । बाँकी रहेको ४÷४ मत भने बदर भएको छ ।
योसँगै पहिलो ३ सय मत गन्दा अन्यपार्टीहरुको मत शुन्य आएको नेपालले जानकारी दिए ।