सर्लाही, महोत्तरी र धनुषाका तीन नगरपालिकामा मतगणना सुरु
प्रकाशित २०७४ असोज ३ मंगलबार
385
Shares
काठमाडौं । स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा सर्लाही, महोत्तरी र धनुषाका तीन नगरपालिकामा मतगणना सुरु भएको छ । सम्बन्धित निर्वाचन अधिकारीहरुले दिएको जानकारी अनुसार सर्लाहीको बलरा नगरपालिकामा मतगणना सुरु भएको छ ।
त्यस्तै, महोत्तरीको रामगोपालपुर नगरपालिका र धनुषाको गणेशमान चारनाथ नगरपालिकामा पनि निर्वाचनको मतगणना सुरु भएको छ । सम्बन्धीत स्थानीय तहका उम्मेदवार र दलीय प्रतिनिधिहरुसँगको बैठकपछि मतगणना सुरु भएको हो ।