वीरगञ्जमा मतगणनाको चटारो, १ बजे सर्वदलीय, कुरामिले रातिदेखि नै सुरु
प्रकाशित २०७४ असोज ३ मंगलबार
572
Shares
काठमाडौं । २ नम्वर प्रदेशको एक मात्र महानगरपालिकामा मत गणनाको चटारो सुृरु भएको छ । स्थानीय तहको तेस्रो चरणको निर्वाचन अनुसार सोमबार भएको निर्वाचनको मत गणनाको लागि महानगरपालिकाका मुख्य निर्वाचन अधिकारी समेत रहेका बिष्णु प्रसाद अधिकारी सक्रिय बनेका छन् ।
अधिकारीले हाम्राकुरासँगको कुराकानीमा राती १ बजेको लागि सर्वदलीय बैठक बोलाएको बताए । अधिकारीले १ बजेको बैठकमा कुरा मिले ढिलामा २ बजेदेखि मतगणना सुरु गर्ने तयारी भईरहेको बताए ।
सोमबार तेस्रो चरणमा भएको निर्वाचनको मत पेटिका रुजु गर्ने काम भइरहेको बताउदै उनले मतपेटिका रुजुको काम सक्नासाथ सर्वदलीय बैठक बस्ने बताए ।