{अपडेट} कलैयामा दलले कर्मचारीको विश्वास नगर्दा समस्या, बैठक जारी
प्रकाशित २०७४ असोज २ सोमबार
400
Shares
काठमाडौं । झण्डै ९ बजेदेखि सुरु भएको कलैया उपमहानगरपालिकाको सर्वदलीय बैठकमा आपसी विवादका कारण मतगणना कार्य प्रभावित भएको छ । स्थानीय तहको तेस्रो चरणको निर्वाचन सकिएसँगै मतगणना कार्यकालागि सर्वदलीय बैठक बस्ने क्रम सुरु हुन लागेको छ ।
यसै क्रममा जसरीपनि सोमबारदेखि नै मतगणना सुरु हुने भनिएको भएपनि उम्मेदवार सहितका दलका प्रतिनिधिहरुले कति मत खस्यो भन्ने विषयमा यकीन गरेर हस्ताक्षर सहित बुझाउन भनेपछि अहिले कर्मचारीहरु भटाभट खसेको मतको विवरण निकाल्न थालेको बाराका मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए ।
थापाले सकेसम्म रातीदेखि नै मतगणना सुरु गर्ने प्रयासमा आफू रहेको पनि स्पष्ट पारे । दलका प्रतिनिधिहरुले तोकिएको संख्या भन्दा बढी मात्रामा मत खस्यो भने यसको कारण माग्न पाईन्छ भनेर संख्या मागी मतदान अधिकारीको विश्वास नगर्दा यस्तो समस्या भएको हो ।