काठमाडौं । महोत्तरीको जलेश्वर नगरपालिकामा मतगणना सुरु हुन लागेको छ । केही बेर अघि सम्पन्न भएको सर्वदलीय निर्णयानुसार राती ११ बजेदेखि मत गणना सुरु गर्ने तयारी भईरहेको हो । स्थानीय तहको तेस्रो चरणको निर्वाचन अन्तर्गत् सोमबार भएको निर्वाचनको मतगणना सुरु हुन लागेको हो ।
कूल २९ हजार २ सय १९ मतदाता रहेको नगरपालिकामा सोमबार शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको थियो । महोत्तरीका मुख्य निर्वाचन अधिकारी किरण कुमार पोखरेले दिएको जानकारी अनुसार ११ बजेदेखि मत गणना गर्न सुरु गर्ने तयारी भएको हो ।