जलमग्न मतदानकेन्द्रमा पनि मतदाताहरुको उत्साहजनक सहभागिता
प्रकाशित २०७४ असोज २ सोमबार
229
Shares
काठमाडौं । स्थानीय तहको तेस्रो चरणको निर्वाचनको दिन सोमबार सर्लाहीमा भीषण पानी परेको छ । पानीका कारण जिल्लाको ईश्वरपुर न।पा। मा प्रतिकुल मौसमका बाबजुदपनि बिहानैदेखि मतदाताहरुको मतदान केन्द्रमा भीड देखिएको हो ।
बिहान ७ देखि अपराह्न ५ बजेसम्मको लागि तोकिएको समयमा मतदानगर्नको लागि यहाँ बाहेक आठवटै जिल्लाका विभिन्न मतदान केन्द्रहरुमा मतदाताको बिहानैदेखि भीड देखिएको छ । प्रदेश नम्बर दुईमा हुने स्थानीय तह निर्वाचनमा १ महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी १३६ वटा स्थानीय तहमा निर्वाचन हुँदैछ । यो निर्वाचनबाट ६ हजार ६२७ जना प्रतिनिधिहरु निर्वाचित हुने छन् । गोप्य मतदानको प्रक्रियाद्वारा एक पद एक मतको आधारमा बहुमतीय निर्वाचन प्रणालीमा यो निर्वाचन हुँदैछ।
मतदाताको सुविधालाई लक्षित गरी निर्वाचन आयोगले नागरिकता लगायतका जुनसुकै सरकारी प्रमाणपत्र भएपनि त्यो लिएर समेत भोट हाल्न पाईने व्यवस्था गरेकोछ ।