arrow

काँग्रेसले कुनै पनि समुदाय, वर्ग र जातिसँग कुनै किसिमको भेदभाव गरेको छैन – अर्जुननरसिंह केसी

logo
प्रकाशित २०७४ भदौ ३० शुक्रबार
Arjun-narsing-kc.jpg.jpeg

सप्तरी । नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले २००७ सालदेखि नेपाली काँग्रेसले मधेश र मधेशीको अधिकार र पहिचानका लागि संघर्ष गर्दै आएको र अहिले पनि लागिपरेको बताएका छन् ।  

उनले बिहीबार साँझ राजविराजमा नेपाली काँग्रेस नगरसमिति, राजविराजद्वारा आयोजित कार्यक्रममा आफ्नो पार्टीले कुनै पनि समुदाय, वर्ग र जातिसँग कुनै किसिमको भेदभाव नगरेको र सधै समान व्यवहार गरेको दाबी गरे । 

नेकपा एमालेले नेपाली काँग्रेसले संसद्मा लगेको संशोधन विधेयक पास हुन नदिएको बताउँदै मधेशीको अधिकार दिलाउन नेपाली काँग्रेस बहुमतमा आए फेरि संशोधनका लागि पहल गर्ने उनले बताए । 

मधेशको मसिहा दाबी गर्ने मधेशी दल आन्तरिक कलह र सत्ता लोभमा फसेकाले मधेशको समस्या समाधान नहुने उल्लेख गर्दै प्रदेश नं २ अन्तर्गत स्थानीय निकायमा रहेका आफ्ना उम्मेदवारलाई विजयी गराउन मधेशी जनतासँग अपिल गरे । 

साथै, उनले सप्तरीको आर्थिक सामाजिक र व्यापारिक विकासका लागि नेपाली काँग्रेसले स्पष्ट योजना ल्याएको बताउँदै वर्तमान काँग्रेस नेतृत्वको सरकारले सप्तरीका बाढीपीडितको समस्या समाधान गर्न गम्भीरतापूर्वक लागेको उल्लेख गरे । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ