arrow

भारतीय नम्बर प्लेटको गाडी प्रयोग गर्ने उपसभामुखसँग २४ घण्टे स्पष्टीकरण माग 

logo
प्रकाशित २०७४ भदौ २७ मंगलबार
ganga_yadhav.jpg

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचार संहिता उल्लङ्घन गरेको विषयलाई लिएर व्यवस्थापिका संसद्का उपसभामुख गंगाप्रसाद यादव र नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष महेशराज दाहाललाई २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ ।

उपसभामुख यादवले प्रदेश नम्बर २ मा सञ्चालन भइरहेको तेस्रो चरण निर्वाचनका क्रममा सप्तरी जिल्लाको निर्वाचनको प्रचारप्रसारमा निर्वाचन आचारसंहिता विपरीत भारतीय नम्बर प्लेटका गाडीहरु प्रयोग गरेको सूचना आयोगमा प्राप्त हुन आएको हुँदा व्यवस्थापिका ससद्को उपसभामुख पदमा आसिन व्यक्तिले यसरी आचार संहिता विपरीत चुनाव प्रचार प्रसार गरेवापत यहाँलाई कारबाही हुनु पर्ने हो होइन ? २४ घण्टाभित्र आयोग समक्ष स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ ।

त्यसैगरी, आयोगले नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष महेशराज दाहाललाई भदौ २६ गते नेपाली काँग्रेसले ललितपुरमा आयोजना गरेको राजनीतिक कार्यक्रममा उपस्थित रहेको सूचना यस आयोगका प्राप्त हुन आएको सन्दर्भमा नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल टेलिभिजनको कार्यकारी अध्यक्ष पदमा रहेको पदाधिकारी कुनै दल विशेषले आयोजना गरेको राजनीतिक कार्यक्रममा संलग्न हुने कार्य निर्वाचन आचारसंहिता विपरीतको कार्य हँुदा यहाँलाई निर्वाचन आचारसंहित उल्लङ्घन गरेबापत कारबाही गर्नुपर्ने हो होइन ? पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ