arrow

नेपाली काँग्रेसले महोत्तरीमा खोल्यो खाता, दलित महिला सदस्य निर्विरोध

logo
प्रकाशित २०७४ भदौ २७ मंगलबार
nepali-congress-flag.jpg.jpeg

महोत्तरी । महोत्तरी जिल्लाको सिस्वामनरा नगरपालिकामा नेपाली काँग्रेसले खाता खोलेको छ । नेपाली काँग्रेसबाट मनरा सिस्वा नगरपालिकाका वडानं. ८ मा दलितबाट उम्मेदवारी दिनुभएकी संजोगिया देवी निर्विरोध भएकी हुन् ।

मनरा सिस्वा नगरपालिकाका निर्वाचन अधिकृत यामबहादुर बाँनियाले मनरा सिस्वा नगरपालिकाको वडानं. ८ को दलित सदस्यमा एकजनाको मात्रै उम्मेदवारी परेको जानकारी दिए । निर्वाचनको गतिविधि चलिरहेकै कारणले अहिलेसम्म विजयी घोषणा गर्न नसकिएको जानकारी दिदै सबैजनालाई मतगणनापश्चात प्रमाणपत्र दिने बताए  ।

महोत्तरी जिल्लाका मुख्य निर्वाचन अधिकृत किरणकुमार पोखरेलले अहिले नै विजयी घोषणा गर्न नमिल्ने बताए । उनले अहिले को-को निर्विरोध भयो भन्न नसकिने जानकारी दिए  ।
 
नेपाली काँग्रेस मनरा सिस्वा नगरपालिकाका प्रमुखका उम्मेदवार किशोरकुमार प्रितम तथा वडानं. ८ का नेकाका उम्मेदवार अब्दुल सकुर अंसारीले नेकाका सदस्यले खाता खोलेकोमा मतदाताहरुलाई धन्यवाद दिए । सो वडामा १ हजार ७ सय ५९ मतदाता रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ