arrow

अपसेट प्रेसमा छापाः आचारसंहिता विपरीतका प्रचार सामग्री नियन्त्रणमा

logo
प्रकाशित २०७४ भदौ २७ मंगलबार
dhanusha-final.png

महेन्द्रनगर । जनकपुरको मिथिला अफसेट प्रेसमा प्रहरीले सोमबार छापामारी निर्वाचन आचारसंहिता विपरीत विभिन्न किसिमका प्रचार सामग्री छाप्दै गरेको अवस्थामा नियन्त्रणमा लिएको छ । 

टिसर्ट र टोपीमा पार्टीको नारा लेखिरहेका बेला जनकपुरको कलवार कुट्टीमा रहेको उक्त प्रेसमा प्रहरीले छापा मारी हजारौँ रुपैयाँ बराबरको सामान बरामद गरेको छ । 

मिथिला अफसेट प्रेसमा सो टोपी र टिसर्टमा निर्वाचन आचारसंहिता विपरीत नारा लेखिँदै थियो । 

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार ठूलो पाँच पोका त्यस्ता किसिमका प्रचार सामग्री छाप्दै गरेको अवस्थामा बरामद भएको छ । 

तीनसय टिसर्ट, त्यत्तिकै टोपी र केही प्रेसका सामान पनि प्रहरीले नियन्त्रणमा लिएको छ । टिसर्ट र टोपी नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र राजपाको रहेको बताइएको छ । 

निर्वाचन आचारसंहिता विपरीत जनकपुरमा कार्य भइरहेको भन्दै चारैतिर आलोचना भएपछि प्रहरीले सोमबारदेखि सक्रियता बढाएको छ । 

जनकपुरमा ठूलो ब्यानर पनि टाँग्न दिइएको छैन । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ