arrow

काँग्रेस वरिष्ठ नेता पौडेलको कार्यकर्तालाई यस्तो आग्रह 

logo
प्रकाशित २०७४ भदौ २७ मंगलबार
paudel-ramchandra-news.jpeg

सिन्धुली । नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले पार्टीका कार्यकर्तालाई एक ढिक्का भएर अघि बढ्न आग्रह गरेका छन् ।  

आगामी असोज २ गते २ नं प्रदेशमा तेस्रो चरणमा हुने स्थानीय तहको चुनावको पूर्व तयारीका लागि त्यसतर्फ जाने क्रममा सोमबार साँझ कार्यकर्ता भेटघाटका क्रममा उनले पहिलो र दोस्रो चरणमा भएको निर्वाचनमा काँग्रेसकै कार्यकर्ता एक ढिक्का भएर नलाग्दा अपेक्षा गरेअनुरुप नतिजा ल्याउन नसकेको भन्दै अब हुने सङ्घ र प्रदेशको निर्वाचनमा एक ढिक्का भएर लाग्न निर्देशनसमेत दिए । 

तराई तथा २ नं प्रदेशमा राजपा तथा तराई केन्द्रित मधेशवादी दललाई चुनावमा सहभागी हुने वातावरण बनाएर काँग्रेसले देशलाई नै चुनावमय बनाएको नेता पौडेलले बताए । 

आगामी मङ्सिरमा हुने संघ र प्रदेशको चुनावमा काँग्रेसका उम्मेदवारलाई जिताउने गरी अभियान थाल्नसमेत उनले कार्यकर्तालाई निर्देशन दिए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ