arrow

पुँजी बजारको दायरा फराकिलो बनाउनुपर्छ : अर्थमन्त्री

logo
प्रकाशित २०७२ पुष २९ बुधबार
mantri-poudel-2.jpg.jpeg
काठमाडौँ। अर्थमन्त्री विष्णु पौडेलले पुँजी बजारको दायरा फराकिलो बनाएर अगाडि बढ्नुपर्ने बताउनुभएको छ । नेपाल स्टक एक्सजेञ्ज (नेप्से)को २३औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले पुँजी बजारको मुख्य हिस्सा बैंक तथा वित्तीय संस्थाले ओगटेको र कारोबार काठमाडौँ उपत्यकामा केन्द्रित भएको सन्दर्भमा यसलाई विस्तार गर्नुपर्ने बताउनुभएको हो । पुँजी बजारसम्बन्धी ज्ञानलाई स्थानीयस्तरमा पुर्‍याउनुपर्नेमा जोड दिँदै मन्त्री पौडेलले यस क्षेत्रमा विदेशी लगानी भित्र्याउन पहल गर्नुपर्ने बताउनुभयो । पुँजी बजारलाई अर्थतन्त्रको बलियो क्षेत्रका रुपमा विकास गर्नुपर्ने उहाँको धारणा थियो । 
 
धितोपत्र बोर्डका अध्यक्ष डा रेवतबहादुर कार्कीले आउँदो माघदेखि पुँजी बजार स्वचालित प्रणालीमा प्रवेश गर्ने बताउनुभयो । बजारलाई व्यवस्थित एवम् पारदर्शी बनाउन सूचना प्रविधिको सक्दो प्रयोग हुनुपर्नेमा उहाँको जोड थियो । नेप्सेका अध्यक्ष रामजी रेग्मीले नेप्सेले पुँजी बजारप्रति जनचेतना जगाउने, पुँजी बजार संस्कृतिको प्रवद्र्धन गर्ने, खेलकुद विकासमा सघाउ पुर्‍याउने काममा साथसाथै संस्थागत सामाजिक दायित्वको भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । नेप्सेका प्रमुख कार्यकारी अधिकृत सीताराम थपलियाले पुँजी बजारलाई व्यवस्थित एवम् प्रविधियुक्त बनाएर दुई वर्षभित्र देशभर विस्तार र विविधीकरण गरिने जानकारी दिनुभयो । 
 
नेप्सेको २३औँ वार्षिकोत्सवको अवसरमा आयोजित दौड प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने प्रतियोगीलाई क्रमशः रु ३० हजार, रु २० हजार र रु १० हजार नगदसहित पुरस्कारको व्यवस्था गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ