प्रदेश नं २ को निर्वाचन संघीयताका पक्षधर र विरोधीलाई पहिचान गर्ने अवसर- निधि
प्रकाशित २०७४ भदौ २६ सोमबार
125
Shares
जनकपुरधाम। नेपाली काँग्रेसका पूर्व महामन्त्री एवं पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिले प्रदेश नं २ को स्थानीय तहको निर्वाचन संघीयताका पक्षधर र संघीयताका विरोधीलाई पहिचान गर्ने अवसर भएको बताए । नेपाली काँग्रेरसको मिडिया सेन्टरद्वारा आज जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उनले संघीयता विरोधीलाई परास्त गर्नु अहिलेको आवश्यकता भएको बताए।
पूर्व महामन्त्री निधिले नेकपा (एमाले) मधेश विरोधी शक्ति भएको प्रसंग उल्लेख गर्दै मधेशीलाई विदेशी भन्नेलाई मधेशी जनताले मतबाट सबक दिने समय आएको धारणा राखे। प्रदेश नं २ मा काँग्रेसको लहरलाई देखेर विपक्षी एमालेलगायतका दलहरुमा छटपटी बढेको बताउँदै एमालेकै कारण संविधान संशोधन हुन नसकेको आरोप पनि लगाए ।
काँगेसका केन्द्रीय सदस्य एवं प्रचारप्रसार समितिका संयोजक रमेश लेखकले २ नं प्रदेशमा काँग्रेसका पक्षमा अपार जनसमर्थन देखिएको चर्चा गर्दै मतदाताहरूले काँग्रेसलाई अत्यधिक मतले जिताउन चुनावलाई अवसर र उत्सवका रूपमा लिएका छन् भए।
उनले तेस्रो चरणको चुनाव मधेश र मधेशी जनताको पक्षमा उभिने र उभिन नचाहनेको जनमत संग्रह हो भने। रासस