रौतहट । प्रदेश नं. २ को सबै भन्दा ठुलो नगरपालिकाको रुपमा रहेको चन्द्रपुर नगरपालिका छोटो समयमा नै एमालेको माहोल चसलिएको छ । एमालेका आम कार्यकर्ता निर्वाचन र प्रचार प्रसारमा लागेपछि चन्द्रपुर नगरपालिका एमालेको माहोल चुलिएको हो । नेकपा (एमाले) को तर्फबाट नगर प्रमुखको उमेदवार दिएका उद्धब रेग्मीले सम्बृद्ध चन्द्रपुर नगरको विकाशका लागि उम्मेदवारी दिएको बताएका छन्। चन्द्रपुर नगरपालिकालार्इ आधुनिक शहरको रुपमा बनाउने नाराका साथ मतदाता संग मत माग्दै हिडेका उमेदवार रेग्मीले आफुले बोलको कुरा कुनै हालतमा पनि पुरा गरेर नै छाडने प्रतिबद्धता ब्यक्त गरेका छन्।
चन्द्रपुर नगरको ढल निकासको अभाबमा नगर कुरुप भएको बताउँदै नगर प्रमुखका उमेदवार रेग्मीले सबै भन्दा पहिला ढल निकासलाइ प्राथमिकता दिने बताए। उम्मेदवार रेग्मी भन्छन्,“चन्द्रपुर नगरपालिका सबैको आर्कषणको स्थल हो, यहाँ धेरै पर्यटकीय स्थलहरुको विकासको आवश्यकता छ, त्यसको लागि मैले योजनाबद्ध रुपमा काम गर्नेछु, यसको लागी आम नगरबासीले सहयोग गर्नु पर्छ ।” यो नगर बिकासउन्मुख रुपमा रहेको हुँदा यहाँ धेरै भौतिक बिकासका पूर्वाधारहरु निर्माण गर्नु छ, जुन काम मैले निर्वाचन जितेमा ५ बर्ष भित्र पुरा गर्न समेत प्रतिबद्ध ब्यक्त गरे ।
चन्द्रपुर नगरपालिकाका अधिकांश सडकहरु ग्रामीण सडक छन,कति ठाउँमा स्वच्छ खानेपानी पुग्न सकेको छैन । यस्ता धेरै कुराहरुको समस्या भएको हुँदा यसको विकास गर्न पनि एमालेको विजयी आवश्यक रहेको रेग्मीको भनाई छ । साबिक चन्द्रनिगाहपुर गाबिसको अध्यक्ष भएर काम गरिसकेका रेग्मी चन्द्रपुरबासीहरु कै सेवा गरेर अहिले यो अबस्था सम्म आएको सामाजिक ब्यक्ति छन् । अझै पनि चन्द्रपुरबासीले सेवा गर्ने मौका दिने उन ढुक्क छन् ।
बिगत लामो समयदेखि सामाजिक ब्यक्तिको हिसाबले पनि समाजका बिभिन्न बिकास निर्माणदेखि बिपतिमा समेत सहयोग गरेको हुँदा यो निर्वाचनमा आफ्नो अमुल्य मत दिएर चन्द्रपुरबासीले जिताउनेमा आफुलाइ विश्वास रहेको उम्मेद्वार रेग्मीले ब्यक्त गरे। अहिले एमाले उमेदवार रेग्मी चन्द्रपुर नगरपालिकाको बिभिन्न स्थानहरुमा घरदैलोमा ब्यस्त छन् ।