सिरहा । सिरहा नगरपालिकाको नेपाली काँग्रेस उम्मेदवारको घरदैलो कार्यक्रममा जनलहर बढ्दै छ । मेयर उम्मेदवार डा. सुभाषचन्द्र यादवले शनिवार वडा नम्बर १२ र २२ मा घरदैलो गरेका छन् ।
मेयरको उम्मेदवार डा. सुभाषसँगै उमपेयर उम्मेदवार सयमादेवी गुप्ता कमलापुरी र वडा नम्बर १२ अध्यक्ष विनोद चौधरी र २२ को अध्यक्ष उम्मेदवार आशाराम, वडा सदस्यहरु तथा हजारौँ समर्थक सहभागी भएको काँग्रेस नगर प्रचार प्रसार समितिले जनाएका छन् ।
उक्त कार्यक्रममा मेयर उम्मेदवार डा. यादवले आफु नगरमा भइरहको भ्रष्टाचार हटाउन उम्मेदवारी दिएको बताएका छन् । उनका अनुसार, भ्रष्टाचारले सिरहा नगरपालिका विकासका कुनै पनि कार्य सम्पन्न हुन सकेको छैन् । अव यस्तो अवस्थाबाट यो नगरलाई बचाउन र विकासको मार्गमा अगाडी बढाउन आफु सधैँ प्रतिवद्ध रहेको उनले बताए ।
उनले भने, यो नगरका युवाहरुलाई रोजगारी आवश्यकता छ । रोजगार सृजना भयो भने अपराध घटछ, समाज समृद्ध बन्छ । आफु मेयरमा निर्वाचित भएपछि तिन वर्ष भित्रै युवाहरुको लागि रोजगारी सृजना गर्ने उनले प्रतिवद्धता व्यक्त गरेका हुन् । नगरलाई समृद्ध बनाउन र भ्रष्टबाट बचाउनमा सबैको सहयोग आवश्यकता रहेको उनले मतदाताहरुसँग आग्रह गरेका छन् । मौका यही स्थानीय तहको निर्वाचन रहेको उनले भने । यहाँका युवाहरु प्राविधिक शिक्षाबाट बन्चित रहेकोले दिनदिनै विदेशिने क्रम बढेका छन् । प्राविधिक शिक्षा सहज रुपमा पु¥याउन सके यही रोजगारको कमी नरहेको काँग्रेस मेयर उम्मेदवार डा. सुभाषचन्द्र बताए ।
यतिवेला मधेशका जनताहरुलाई आफुले कस्तो उम्मेदवारलाई चुन्ने महत्वपुर्ण अवसर आएका छन् । मेयरका अन्य उम्मेदवारहरु को को भएका छन् ? उनीहरुको विगत के थियो ? उनीहरुको पेशा के छ ? यो सबै कुरा हेरेर मतदान गर्न मतदाताहरुलाई आग्रह गरेका छन् ।