सबै वडामा नाला र सडक, खुल्ला दिसापिसाव मुक्त नगर, गौरका काँग्रेस उमेद्वार साहको रहर
प्रकाशित २०७४ भदौ २३ शुक्रबार
659
Shares
रौतहट। नेपाली काँग्रेसबाट रौतहट नगरपालिकामा काँग्रेसका तर्फबाट खडा भएका वीर वहादुर साह अहिले आफ्नो एजेण्डा लिएर चुनावी मैदानमा छन्। संघीय समाजवादी फोरमसँग काँग्रेसले सहकार्य गरेपछि गौर नगरपालिकामा काँग्रेसले उपमेयर राख्यो भने फोरमको भागमा मेयर पर्यो।
काँग्रेसको तर्फबाट उपमेयरमा उमेद्वार भएका साह अहिले दिनरात एक पारेर प्रत्येक मतदाताका पुग्ने प्रयास गरिरहेका छन्। भदौको प्रचण्ड गर्मीका बीचमा साह अहिले मतदातामाझ पुगिरहेका छन्र मतदातामाझ पुग्दा उनले गौरवासीले प्रत्येक दिन भोग्नु परेका समस्यालाई समाधान गर्ने वाचा गर्दै आइरहेका छन्।
२०५४ सालदेखि रौतहटको राजनीतिमा रहेका साह २०६२ देखि काँग्रेसको स्थानिय राजनीतिमा सक्रिय रहँदै आएका छन्। आफू सामान्य कार्यकर्ताको हैसियतमा मात्र रहेको बताउने साहले पार्टीले ठूलो जिम्मेवारी दिएको बताउँछन्।
उपमेयरका रुपमा साहले गौरलाई विकासको माथिल्लोस्तरमा देख्न चाहेका छन्। यसका लागि उनले आफ्ना योजना मतदातामाझ राख्न समेत थालेका छन्। गौर अस्पताललाई सय वेडमा स्तरोन्नती गर्ने, नगरपालिकाका सबै वडामा नाला र सडक निर्माण गर्ने, उच्च शिक्षाको विकास, नेपाल सरकारको कृषी कलेज स्थापना गर्ने लगायतका योजना गौरमा उनले गर्न चाहेका छन्।
स्वास्थ्य, शिक्षा र खानेपानी निशुल्क सञ्चालन गर्ने, घरैपिच्छे शौचालय निर्माण गर्न आर्थिक सहयोग दिने, खुल्ला दिसापिसाव मुक्त नगर बनाउने योजना पनि साहले अघी सारेका छन्। नेपालको मानव विकास सूचकाङकमा वाजुरा पछि पछाडिबाट दोस्रोमा रहेको रौतहट स्वास्थ्य क्षेत्रमा पनि अत्यन्तै कमजोर छ। सचेतनाको कमीले पनि नागरिक पछि रहेको महशुस गरेका साहले नागरिकलाई सचेत बनाउने अभियान चलाउने योजना पनि ल्याएका छन्।
व्यवस्थित वस्ती विकास गर्ने, विद्यालयको स्तरोन्ती गर्ने पू्र्वाधारका काममा लाग्ने प्रतिवद्धता जनाएका साहले भने, 'मेरो देश हाम्रो मधेश जनताको साथमा नेपाली काँग्रेस ' भन्ने नारालाई मूल मन्त्र बन्दै अगाडी बढ्ने जनाए। यि काम गर्ने प्रतिवद्धता जनाएर मतदाताकहाँ पुग्दा उत्साहित बनाएर पठाएको जनाउँदै उनले मुस्कुराउँदै भने, 'मतदाताले अब जिताउन मात्र बाँकी छ। '