arrow

नारायणकाजीको विश्वास –संघीयता पहिचान र विकासको मेरुदण्ड हो 

logo
प्रकाशित २०७४ भदौ २३ शुक्रबार
narayankaji-shrestha-maobadi.jpg

महोत्तरी । संघीयता भनेको फेसन नभई पहिचान र विकासको मेरुदण्ड रहेको नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले बताएका छन् ।  

बिहीबार साँझ महोत्तरीको गौशाला नगरपालिकामा आयोजित चुनावी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता श्रेष्ठले संघीयताका लागि मधेशी जनताले विभिन्न समयमा आन्दोलन गर्दा देशमा संघीयता लागू भएको बताए । 

कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले आगामी मंसिरमा हुने दुई चरणको चुनावले देशमा संघीयता लागू हुने र सोबाट जनआन्दोलनका शहीदको सपना साकार हुने बताए । 

प्रदेश नं २ मा जनता माओवादी केन्द्रमा विश्वास गर्दै आएका कारणले धमाधम मधेशी नेता माओवादी केन्द्रमा प्रवेश गर्दै आउनु यसको प्रत्यक्ष उदाहरण रहेको धारणा राखे ।

माओवादी केन्द्रले आगामी निर्वाचनमा पूर्णरुपमा निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिबद्धता पनि उनले जनाए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ