arrow

मेगा बैंकको अध्यक्षमा भोजबहादुर शाह

logo
प्रकाशित २०७२ पुष २९ बुधबार
Bhoj-Bahadur-Shah.JPG.jpeg
काठमाण्डौ ।  मेगा बैंक नेपाल लिमिटेडको अध्यक्षमा भोजबहादुर शाह चयन भएका छन् ।  मेगा बैंक संचालक समितिको मंगलबार बसेको १४४ औँ बैठकले शाहलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको हो । शाह स्थापनाकालदेखि नै मेगा बैंकको सञ्चालक सदस्य रहेका थिए ।  
 
आइतबार राजधानीमा सम्पन्न बैंकको पाँचौं वार्षिक साधारण सभाले संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ६ जना सञ्चालकहरुमा शाहसहित, गोपाल खनाल, मदनकुमार आचार्य, शम्भुविक्रम थापा, इन्द्रबहादुर मल्ल ठकुरी र ईश्वरबहादुर गुरुङ्गलाई निर्वाचित गरेको थियो । त्यसअघि नै सर्वसाधारण समूहबाट चेतनारायण पाण्डे र दिपेन्द्र अग्रवाल निर्वाचित भएका थिए ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ