arrow

वीरगञ्ज महानगरको मेयरका लागि ३५ जनाकाे उम्मेदवारी

logo
प्रकाशित २०७४ भदौ २२ बिहिबार
birganj_news1.jpg

पर्सा । वीरगञ्ज महानगरपालिकाको मेयरका लागि ३५ जनाले उम्मेदवारी दिएका छन् । असोज २ गते हुने स्थानीय तहको तेश्रो चरणको निर्वाचन कार्यतालिका अनुसार वुधबार भएको मनोनयन दर्ताका क्रममा मेयरका लागि ३५ जनाले र उपमेयरका लागि

११ जनाले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत विष्णु सुवेदीले बताएका छन् । वीरगञ्ज महानगरमा रहेका ३२ वटा वडाको वडा अध्यक्षका लागि २ सय ६६, दलित सदस्यमा २ सय १३ जना, दलित महिला सदस्यमा १ सय ६०  र खुल्ला सदस्यतर्फ ४ सय ६३ जना गरी कुल १ हजार १ सय ४८ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

नेपाली काँग्रेसबाट अजय द्विवेदी, एमालेतर्फबाट बसरुद्धिन अन्सारी, माओवादी केन्द्रबाट रहबर अन्सारी, संघीय समाजवादी फोरमबाट विजय सरावगी, राष्ट्रिय जनता पार्टीकातर्फबाट राजेशमान सिंह र नेपाल लोकतान्त्रिक फोरमबाट विमल श्रीवास्तव मेयरका उम्मेदवार छन् ।

नेपाली जनता दलकातर्फबाट मनोज रौनियार, राप्रपाबाट अर्जुनबहादुर सिंह ठकुरी, नेकपा संयुक्तबाट मुन्नाकुमार साह कानु, मालेबाट लक्ष्मीराज न्यौपानेले मेयरका लागि उम्मेदवारी दर्ता गरेका छन् ।

मेयरका लागि स्वतन्त्रबाट पनि उम्मेदवारी परेको छ । स्वतन्त्रबाट उम्मेदवारी दिनेहरुमा महम्मद रजा, लक्ष्मण साह तेली , देवकीलाल साह कानु, विल्टु राउत बरइ, छोटेलाल राउत कुर्मी, बिकाउ राउत अहिर लगायत छन् ।

उपमेयरमा काँग्रेसबाट शान्ति कार्की, एमालेबाट सोफिया आचार्य, माओवादी केन्द्रबाट दुर्गा क्षेत्री, संघीय समाजवादी फोरमबाट पिंकी यादव, राजपाबाट रम्भा मिश्रा, लोकतान्त्रिक फोरमबाट रिंकी यादव, नेपाली जनता दलबाट गौतली राउत र राप्रपा(प्रजातान्त्रिक)बाट सुमेश्वरनाथ उपाध्यायले उम्मेदवारी दर्ता गरेका छन् । उपमेयरमा स्वतन्त्रबाट अमोद गिरी र श्यामबाबु पटेलले पनि उम्मेदवारी दर्ता गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ