arrow

पहिलोपटक यार्सा महोत्सब हुने

यार्सागुम्बाको देश तथा विश्वका समुदायसामु परिचित बनाउन महोत्सबको आयोजना गरिने भएको हो ।

logo
प्रकाशित २०७२ पुष २९ बुधबार
yarsagumba.jpg.jpeg
दिलिप खड्का रुकुम । रुकुममा पहिलो पटक यार्सा महोत्सब हुने भएको छ । यार्सा महोत्सब मुल आयोजक समिति रुकुमले सदरमुकाम खलंगामा पत्रकार सम्मेलनको आयोजना गरि यस्तो जानकारी दिएको हो । पुर्वि रुकुमको मैकोटमा आयोजना हुने महोत्सब २०७३ जेठ दोस्रो साता हुने मुल आयोजक समिति संयोजक लक्ष्मी प्रसाद पुनले जानकारी दिए । जिल्लाको पुर्बि रुकुममा पाईने यार्सागुम्बाको देश तथा विश्वका समुदायसामु परिचित बनाउन महोत्सबको आयोजना गरिने भएको हो  ।

महोत्सबमा सहभागि आन्तरिक तथा बाह्य पर्यटनकहरुले यार्सा आफ्नै हातले खन्न पाउने ब्यबस्था गरिने छ भने त्यस क्षेत्रको प्राकृतिक सुन्दरता पनि मुख्य आकर्षणको रुपमा रहने छ । महोत्सब मार्फत स्थानीय कला संस्कृतिको संरक्षण तथा प्रर्बद्धनका लागि पनि पहल गरिने बताईएको छ ।

महोत्सब मुल आयोजक समितिले स्थानीय स्तर, जिल्लादेखि राजधानी काठमाण्डौसम्ममा महोत्सब परिचालन समितिहरु गठन गरेर चरणबद्ध रुपमा प्रचारप्रसार गर्ने र सकेसम्म अन्तराष्ट्रिय सञ्चारमाध्यममा काम गर्ने पत्रकारहरुलाई पनि महोत्सबमा सहभागि गराउने मुल आयोजक समितिले बताएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ