-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
न्युयोर्क । पुर्व विश्व नम्बर एक स्विस टेनिस स्टार रोजर फेडेररको युएस ओप जित्ने सपना चकनाचुर भएको छ ।
उनी क्वार्टरफाइनलबाटै बाहिरिएका छन् । उनलाई अर्जेन्टाइन खेलाडी हुँवा मार्टिन डेल पोट्रोले बिहीबार बिहान पराजित गरे ।
डेल पोट्रो ७–५, ३–६, ७–६ र ६–४ ले विजयी हुँदै सेमिफाइनल पुगे ।
सेमिफाइनलमा पोट्रोको भिडन्त विश्व नम्बर एक स्पेनिस खेलाडी राफेल नाडालसंग हुनेछ ।
नाडालले रसियन खेलाडी एन्ड्रे रुब्लेभलाई ६–१, ६–२ र ६–२ को सोझो सेटमा हराए ।

