arrow

महानगरपालिकाको टिकट नदिएपछि राजपा नेपालका महामन्त्री श्रीवास्तवद्वारा पार्टी परित्याग

कदम गच्छदारको फोरममा  

logo
प्रकाशित २०७४ भदौ २० मंगलबार
bimal-prasad-sriwastav.jpg

पर्सा । वीरगन्ज महानगरपालिकाका प्रमुख पदको टिकट पार्टीले नदिएपछि राष्ट्रिय जनता पार्टी नेपालका महामन्त्री एवं केन्द्रिय प्रवक्ता विमलप्रसाद श्रीवास्तवले पार्टी परित्याग गरेका छन् । 

वीरगन्जको कुम्हालटोस्थित निजी निवासमा अपराह्न्न विषेश भेला बोलाई नेता श्रीवास्तवले पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । 

उनको आह्वान भएको भेलामा राजपाका केन्द्रीय सदस्य र जिल्ला अध्यक्षसहित पार्टीको विभिन्न पदमा रहेका सयौँ नेता कार्यकर्ताले राजपा परित्याग गरेको घोषणा गरेका छन् । 

भेलामा उपस्थित राजपा नेपालका केन्द्रीय सदस्य शशिकपुर मियाँ, पुरुषोत्मलाल झा, जनाद्र्धन सिंह यादव, दीपक तिवारीलगायतले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । 

भेलालाई सम्बोधन गर्दै नेता श्रीवास्तवले राजपा नेपालका केन्द्रीय नेतृत्वले नेता कार्यकर्ताको उचित मूल्यांकन नगरी तेस्रो चरणअन्तर्गत हुने स्थानीय तहको निर्वाचनका लागि टिकट वितरण गरेकाले पार्टी परित्याग गरेको दाबी गरे । 

उनी विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरममा प्रवेश गरेका छन् । उनले सो पार्टीबाट आफूले वीरगन्ज महानगरपालिकाका प्रमुख पदमा उम्मेदवारी दिने जानकारी दिए । 

सो पदका लागि नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष गच्छदारसँग सहमति भएको बताउँदै नेता श्रीवास्तवले पर्साको ४७६ वटै पदका लागि बुधबार निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गराउने जानकारी दिए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ