arrow

आचारसहिंता फिर्ता हुँदैन : आयुक्त शाह

logo
प्रकाशित २०७४ भदौ १९ सोमबार
sudhir_saha.jpg

राजविराज । निर्वाचन आयुक्त सुधिरकुमार शाहले अगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाका लागि लगाइएको आचारसहिंता कुनै पनि हालतमा फिर्ता नहुने बताएका छन् ।

जिल्ला निर्वाचन कार्यालय सप्तरीले आइतबार साँझ राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने,  “निर्वाचन आयोग स्वतन्त्र र निश्पक्ष निकाय भएकाले निर्वाचन आचारसहिंता अब फिर्ता हुँदैन् ।”

आयुक्त शाहले आचारसहिंता विपरीत कुनै पनि उम्मेदवारले बढी रकम खर्च गरेको प्रमाण पाइएमा त्यसलाई कानूनी बमोजिम कारबाही हुने बताउँदै आचारसहिंता उल्लंघन हुन नदिन जिल्ला अदालतका न्यायाधीशको नेतृत्वमा एक टोली गठन गरिने र उल्लंघन गरेको पाइएमा टोलीको प्रतिवेदनका आधारमा त्यस्ता उम्मेदवारलाई आवश्यक कारबाहीको प्रक्रिया अगाडि बढाइने छ, भनेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ