arrow

बिग सेल मेला माघ ११ गतेसम्म

मेलामा रु. १०० देखि १०,००० सम्मको जुत्ता तथा चप्पलहरु उपोभोक्ताले खरिद गर्न सक्ने छन्

logo
प्रकाशित २०७२ पुष २८ मंगलबार
Logo-2015-A.png.png
काठमाडौं । नेपाली जुत्ता घरको आयोजनामा राजधानीको भृकुटीमण्डपमा भईरहेको ‘पाँचौं बिगसेल मेला एवं फुटवयेर एक्सपो’ माघ ११ गतेसम्म हुने भएको छ । पौष १७ गतेदेखि शुरु गरिएको मेला सिमित अवधिको लागि भनिएता पनि उपभोक्ताका जिज्ञासा र चाहनालाई ध्यानमा राखी अन्तिम मिति तोकिएको हो ।

यस मेलामा वितेका १० दिनमा करीब ६० हजार उपभोक्ताले अवलोकन गरेका छन् । मेलामा आम उपभोक्ताको पहुँच पुग्न सक्ने मुल्य भएको हुँदा पनि उपभोक्ताहरुको भिड बढेको बुझ्न सकिन्छ । यस बर्षको शुरुवातमा आएको महाभुकम्प र त्यसपछीको नाकाबन्दीका असरले बजारीकरण तथा विक्रि वितरणमा प्रत्यक्ष असर परेता पनि नेपाली जुत्ता तथा चप्पल प्रतिको उपभोक्ताको विश्वासको कारणले मेलामा दिनानुदिन उपभोक्ताको संख्या बढ्दो रहेको छ ।

बिग सेल मेलामा बी.एफ.डियर हिल, शिखर सुज, क्रस रोड, स्काई सुज, टाकुरा सुज, कोसेली छाला जुत्ता, लेदर विङ्गस्, सु ल्याण्ड, इजी शुज र फुटल्याण्ड ब्राण्डको सहभागीता रहेको छ । बिग सेल मेलामा जाडो यामलाई लक्षित गरि ल्याइएका कम्पनीका जुत्ताहरुमा भारी छुट उपलब्ध गराइएको सहभागी कम्पनीहरुले जनाएका छन् ।

मेलामा रु. १०० देखि १०,००० सम्मको जुत्ता तथा चप्पलहरु उपोभोक्ताले खरिद गर्न सक्ने छन् । यस मेलामा सहभागी कम्पनीहरुले आफ्नो उत्पादनमा १५ देखि ७५ प्रतिशत सम्म छुट दिएका छन् । मंगलबारदेखि मेलामा विशेष गरि जाडो यामलाई लक्षित गरि बनाईएका नयाँ मोडलका जुत्ताहरु विशेष छुटका साथ कम्पनीको परल मुल्यमानै विक्रि गरिने जनाइएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ